ब्याजदर घटाउन पोखरेली व्यवसायीले गुहारे मुख्यमन्त्री
पाेखरा | कात्तिक १६, २०७९
पोखरा । पोखरा उद्योग वाणिज्य संघले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग बैंक तथा वित्तीय संस्थाहरुले एक्कासी बढाएको ब्याजदर घटाउनको लागि सहजीकरण गरिदिन आग्रह गरेकोछ ।
संघका अध्यक्ष पवनकुमार प्रजापति,वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की ,महासचिव बलराम आचार्य तथा उपमहासचिव शोभा गौतमसहितको प्रतिनिधिमण्डले मंगलबार मुख्यमन्त्री नेपालीलाई भेटेर सो आग्रह गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर वृद्धि गरेपछि पोखरा उद्योग वाणिज्य संघसहित देशका निजी क्षेत्रसँग सम्बद्ध संघ÷संस्थाहरुले आपत्ति जनाउँदै संघर्षका कार्यक्रम घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले पनि ब्याजदर घटाउनुपर्ने, विभिन्न शीर्षकमा अनुचित सेवा शुल्क असुल्न बन्द गरिनुपर्नेलगायतका माग राख्दै संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आन्दोलनको लागि संघका अध्यक्ष पवनकुमार प्रजापतिको संयोजकत्वमा १ सय १ सदस्यीय संघर्ष समितिसमेत गठन गरिएको महासचिव बलराम आचार्यले जानकारी दिए ।
भेटको क्रममा मुख्यमन्त्री नेपालीले बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय ब्याजदर बढाएकोबारे आफू जानकार रहेको र ब्याजदर घटाउन पहल गर्ने आश्वासन दिए । ‘यस विषयमा प्रदेश सरकारले नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालय,बैंक तथा वित्तीय संस्थाहरुका प्रमुखहरुसँग छलफल गरेर समस्या समाधानको पहल गर्नेछ’,मुख्यमन्त्रीको भनाइ उधृत गर्दै महासचिव आचार्यले भने,‘ मुख्यमन्त्रीज्यूले निजी क्षेत्रले उठाएका मागहरु जायज छन् र ब्याजदर घट्नैपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो । प्रतिनिधिमण्डले पर्यटन,उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसँग पनि भेटघाट गरी यो समस्याबारे जानकारी गराएको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

